स्कुटर खरिद गरेकै दिन चौधरीलाई सुनको सिक्का उपहार

 

बैशाख ३, चितवन। चितवनको राप्ती नगरपालिका ५ का मनोज चौधरीले स्कुटर खरिद गर्दा सुनको सिक्का उपहार पाएका छन् । कालिका मोटरसाईकल पार्टसबाट मंगलवार फ्यासिनो स्कुटर खरिद गरेका चौधरीलाई खरिद गरेको केही समयमै सुनाको सिक्का उपहार परेको हो । 

स्कुटर र मोटरसाईकल खरिद गरेकाबीच गरिएको लक्की ड्रमा चौधरीलाई सिक्का परेको कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक उत्तम अधिकारीले जानकारी दिए । पत्रकार विकास पौडेलले बाक्सामा रहेका खरिदकर्ताहरुको नाम झिक्दा चौधरीको कार्ड परेको थियो । 

null

सुनको सिक्का पत्रकार पौडेलले चौधरीलाई कालिका मोटरसाईकल पार्टस परिसरमा आयोजित कार्यक्रमकाबीच हस्तान्तरण गरे । साथै स्क्र्याच गर्दा ५ हजार समेत प्राप्त गरेका छन् । यस अघि गाडी खरिद गर्दा एक लाख १० हजार बराबरको मोवाईल समेत प्राप्त गरेका चौधरीले स्कुटर खरिदमा पनि उपहार पर्दा खुसी लागेको प्रतिक्रिया दिए । 

चौधरीले छोरीका लागि स्कुटर खरिद गरेका थिए । नयाँ वर्षको अवसरमा यामाहाले मोटरसाईकल र स्कुटर खरिद गर्नेहरुका लागि एक सातामा एउटा सुनको सिक्का पर्ने गरी उपहार योजना ल्याएको छ । यामाहाको उपहार योजना बैशाख महिनाभर संचालन हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *