राउण्डटेबल अध्यक्षमा अग्रवाल निर्वाचित

चैत्र १७, काठमाडौँ । हालै अन्तराष्ट्रिय राउण्ड टेबल एसिया प्यासिफिक क्षेत्रकोे काठमाडौँमा सम्पन्न बैठकमा राउण्ड टेबल नेपालका पूर्व अध्यक्ष जयन्त अग्रवाल निर्वाचित भएका छन् । 

उनी एसिया प्यासिफिक क्षेत्र को आगामी कार्यकाल  (2019 -20) को लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी लगायत हेमन्त गोल्छा, मनोज केडिया, अमित बेगानी र आकाश गोल्छा पछिको एसिया प्यासिफिक क्षेत्रको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

एसिया प्यासिफिक वार्षिक साधारण सभामा नेपाल सहित १२ देशका १०० टेबलर्सहरुको सहभगिता रहेको थियो । एसिया प्यासिफिक क्षेत्रको अन्तराष्ट्रिय राउण्ड टेबल मा नेपाल, भारत, श्रीलङ्का, फिलिपिन्स, अष्ट्रेलिया, हङकङ ,सिङ्गापुर, मलेसिया र न्यूजिल्यान्ड सहित १० देश सदस्य रहेका छन् । एसिया प्यासिफिक क्षेत्रको हालसम्मको अध्यक्ष श्रीलङ्काका रनिल समाराविक्रमा रहेका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *