एसियन लाईफ ईन्स्योरेन्सद्वारा घरमै चेक हस्तान्तरण

 

चैत्र १९, कैलाली ।  एसियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड लम्कीले गत माघ 2 गत्ते भारतमा चौकीदार गरिरहेको अवस्थामा टाउको दुखेपछि अस्पताल जाँदै गर्दा ज्यान गुमाएका स्वर्गीय एकिन्द्र जैसीकी धर्मपत्नी रमिता जैसीलाई एक लाख पैसठ्ठी हजार नौ सय रूपैँया बराबरको चेक उनकै घरमा गएर आज हस्तान्तरण गरिएको छ | 

एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा लम्कीका प्रमुख नवराज खनालले घरमै गएर चेक हस्तान्तरण गरेका हुन | स्वर्गीय जैसीले ५ एक बर्ष पहिले १०१०० रुपैयाँ बराबरको रकम एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा लम्कीमा दोस्रो किस्ता अभिकर्ता आँचलदेवी जैसीले स्वर्गीय जैसीको बिमा गरेकी थिइन् | चेक हस्तान्तरण कार्यक्रममा बोल्दै एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की उपशाखाका प्रमुख नवराज खनालले स्वर्गीय जैसीकी पत्नीको अवस्थालाई हेर्दा साँच्चै नै घरमै आएर बिमा रकम हस्तान्तरण गरेर घर परिवारमा र बालबच्चामा राहतहोस भन्ने उद्देश्य रहेको बताए | 

null

बिमा बोनस मात्र नभएर आपत विपत , समस्या पर्दा सहयोगी बन्ने समेत बताए | पछिल्लो समय एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की उपशाखाले घरमा नै मृत्युदाबी भुक्तानी रकम दिदैँ आइरहेकाे छ  ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *