वीरगन्जमा दुई बसमा आगजनी

वीरगन्ज, १० वैशाख । वीरगन्जको बाइपास सडकमा सोमबार राति अज्ञात समुहले दुईवटा बसमा आगजनी गरेको छ । सडक छेउमा रोकेर राखिएका ना ५ ख ३६१४ र ना ५ ख ३६१५ नम्बरका दुई बसमा सोमबार राति साढे ९ बजेतिर अज्ञात समुहले आगजनी गरेका हुन् । 

आगजनीबाट दुवै बस जलेर ध्वस्त भएका छन् । बसमा लगाइएको आगो वीरगन्ज महानगरपालिकाको वारुण यन्त्रको सहयोगमा स्थानीय र प्रहरीले निभाएका थिए । दुवै बस, सर्लाहीको मलंगवा निवासी मनमोहन साहको रहेको प्रहरीले जनाएको छ । बसमा आगजनी गर्नेहरुको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए । उनले आजगनीको घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । 

प्रहरीका अनुसार, बसधनी साहले बाराको परवानीपुरका श्रवणकुमार साहलाई दुवै बस भाडा चलाउन दिएका थिए । तर, श्रवण कुमारले बसको भाडा लामो समयदेखि नदिएपछि बस धनी साहले दुई महिना पहिले दुवै बस खोसेर बाइपास सडक छेउमा राखेका थिए । यस बारेमा दुवैजना बीच पर्सा जिल्ला अदालतमा मुद्धा पनि चलिरहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *