जुम्ल्याहा दुई बालिकालाई बलात्कार गरेपछि..

भक्तपुर, १७ वैशाख । जुम्ल्याहा दुई बालिकालाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० मूलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकार र काभ्रे रोशी गाउँपालिका ७ घर भई हाल भक्तपुर कमल विनायक बस्ने १८ वर्षीय विशाल तामाङ्गलाई प्रहरीले १४ गते राति नै पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरले जनाएको छ । 

रामेछाप घर भएका १५ वर्षीया जुम्ल्याहा दुई बालिकालाई गत १३ गते ललाई फकाई कमलविनायकको फेमिली गेष्ट हाउसमा लगेर बलात्कार गरेको किटानी जाहेरीका आधारमा वैशाख १४ गते राति दुई जनालाई गिरफ्तार गरिएको हो ।वैशाख १३ गते १ बजे घरबाट दुई छोरी हराएको भन्दै १४ गते साँझ बालिकाको आमाले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि खोजतलासको क्रममा त्यसै दिन राति ९ बजे आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *