आज देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

काठमाडौँ, १० वैशाख । आज देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्र तथा पश्चिमको पहाडी क्षेत्रको मौसम सामान्य बदली हुने मौसमविदले बताएका छन् । 

 

यस्तै बाँकी क्षेत्रको मौसम पनि आंशिक बदलीको अवस्थामा रहने जनाइएको छ । पूर्व र मध्यका केही ठाउँ र पश्चिम पहाडका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाई छ । यस्तै हुरीबतास चल्ने सम्भावना पनि रहेको छ । 

null

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि मौसम बदली भएको छ र दिनभरको अवस्था लगभग यस्तै रहने जनाइएको छ । हल्का पानी पर्ने सम्भावना पनि छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =