सर्वाधिक लोकप्रिय गित कुटुमा कुटुले १० करोड भ्यूज बटुल्न सफल

बैशख १०, काठमाडौँ । नेपाली चलचित्र दुई रुपैंयामा समावेश गरिएको गित कुटुमा कुटुले यूट्यूवमा १० करोड भ्यूज बटुल्न सफल भएको छ । 

 

संगितकार राजनराज सिवाकोटीले संगित भरेका यस गित १० करोड भ्यूज प्राप्त गर्ने प्रथम नेपाली गित बन्न सफल भएको छ । १० करोड भ्यूज बटुल्न सफल भएपछी यस गितका संगितकार सिवाकोटी भने निकै मख्ख परेका छन् । 

null

गाउँदेखि शहरबजार सम्म निकै लोकप्रिय बनेको यस गितले बालक देखी बृद्धबृद्धा सम्मको मन जित्न सफल भएको थियो । यूट्यूवमा सार्वजनिक भए लगतै यस गितलाई यूट्यूवमा हेर्नेहरुको क्रेज निकै बढेको थियो भने दिनानु भ्यूज बढ्दै गईरहेको थियो । 

यस गितमा स्वर संगितकार सिवाकोटी र गायिका मेलिना राईको रहेको छ भने शब्द, संगीत भने सिवाकोटीको नै रहेकाे छ । सिवाकोटी र राईको आवाजमा मिश्रित यस गितमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, र आसिफ साहले छमछमी नाचेका छन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *