महानगरकै सेटिङमा ठेकेदारले बेच्यो खुलामञ्च

 

‘पहिला दश पन्ध्रं लाख रुपैँया लिएको नभन्नु भनेका छन्, भाडा रकम पनि घटाएर भन्नू भनेका छन् । यो कुरा भन्यो भने लिएको १० लाख फिर्ता दिन्न भनेर ठेकेदारका मान्छेले धम्काएर गएका छन् ।’ 

१३ बैशाख, काठमाडौं । माथिको तस्विर झट्ट हेर्दा कुनै व्यस्त बजारको जस्तो देखिन्छ । तर यो दृश्य कुनै बजारको नभई काठमाडौको विच भागमा रहेको खुल्लामञ्चको हो । काठमाडौंको सीमित खुला क्षेत्रमा मध्येको एक खुलामञ्च हो । तर खुल्लामञ्च अहिले खण्डिकरण गरेर व्यापार गर्ने हाट बजार स्थल जस्तो बनाइएको छ । खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा लहरै ४० भन्दा बढी सटरहरु ठड्याइएका छन् । अधिकांश सटर बिक्री भईसकेका छन् । केही सटर अझै निर्माणकै क्रममा छन् । ५० वटा भन्दा बढी सटर बनाउने गरी काम भइरहेको भाडामा सटर लिएका व्यापारीहरु बताउछन् । सोही खुल्लामञ्चमा ५ बर्ष यता काठमाडौं महानगरपालिकाले बसपार्क चलाएको छ । पुरानो बसपार्कमा ब्यापारिक टावर बनाउन दिएर महानगरपालिकाले खुलामञ्चलाई ठेकेदारको जिम्मामा छाडेको छ । तिनै ठेकेदार कम्पनीले खुलामञ्चमा ब्यापारिक सटर हाल्दै बजारीकरण गरेको छ । जसका कारण खुलामञ्च अतिक्रमणको शिकार बन्दै सांघुरिएको छ । 

null

महानगरपालीकाको सेटिङमा अतिक्रमण 

‘हामीले १० लाख रुपैँया तिरेका छौं । त्यसमा पनि मासिक १५ देखि २५ हजारसम्म हजार भाडा बुझाउनुपर्छ’ सटर भाडामा लिएका एक ब्यापारी भन्छन् ‘पहिला हामीले यही स्थानमा फुटपाथमा सामन बेच्दा महानगर आएर सामान लैजान्थ्यो, अहिले चुप लागेको छ । महानगरपालीकाको सहमति नभए यस्तो ठाँउमा बजार बन्थो ?’ 

  

व्यापारीसँग प्रतिसटर १० देखि १२ लाख रुपैयाँ उठाएर बिक्री भईरहदा महानगर न त केही बोलेको छ नत सो संरचना भत्काउने तयारीमा नै छ । खुल्लामञ्चमा ४० भन्दा बढी सटर बनाएर बजार बिस्तार भईसक्दा नि काठमाडौ महानगरपालीकाले मुकदर्शक छ । नियम, मापदण्ड र सहमति विपरित ठेकेदारले खुलामञ्चमा सटर ठड्याउदा महानगरपालीकाका मेयर विद्यासुन्दर शाक्यले कुनै प्रतिकृया दिएका छैनन् । महानगरपालीकाका कर्मचारीहरुले पुरानो बसपार्कमा काठमाडौं भ्यूटावर बनाउन लागेको ठेकेदार कम्पनीले यो ऐतिहासिक तथा सांस्कृतिक स्थलमा मनोमानी गर्दै सटर बनाएको आरोप लगाएका छन् । 

भ्यूटावर निर्माणको जिम्मा स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले लिएको छ । महानगरपालीकाले आफ्नो सहमति विना सो संरचना बनाइएको आरोप लगाएको छ । तर ठेकेदार कम्पनीले महानगरपालिकासँग कै सेटिङमा सटर हालेकाले आफुहरुले सटर किने ब्यापारीहरुको भनार्ई छ । सटर बनाइएको स्थलमा पहिला फुटपाथ ब्यापारीहरुले सामान वेच्थे । त्यतिबेलामा त्यस स्थानमा सामान बेच्न निशेध गरिएको थियो । तर पनि फुटपाथ व्यापारीहरुले सामान वेच्ने गरेका थिए । निशेधित स्थलमा सामान बेचेको भन्दै महानगरपालीकाका नगरप्रहरी सामान जफत गर्न आउने गरेका थिए । अहिले सटर बनाएपछि भने कसैले खोजिनिती नगरेकाले महानगरपालीकासंग सेटिङ मिलाईएको पुष्टि हुने ब्यापारीहरु बताउँछन् । 

‘हामीले १० लाख रुपैँया तिरेका छौं । त्यसमा पनि मासिक १५ देखि २५ हजारसम्म हजार भाडा बुझाउनुपर्छ’ सटर भाडामा लिएका एक ब्यापारी भन्छन् ‘पहिला हामीले यही स्थानमा फुटपाथमा सामन बेच्दा महानगर आएर सामान लैजान्थ्यो, अहिले चुप लागेको छ । महानगरपालीकाको सहमति नभए यस्तो ठाँउमा बजार बन्थो ?’ 

  

सटर किन्नेहरु भन्छन् : सटर भत्काईयोस् तर १० लाख फिर्ता चाहियो नत्र नत्र जहाज डुब्छ 

‘हामीलाई केही पनि थाहा भएन, बसपार्क भएको स्थानमा सटर बनाएको देखेपछि किनेका हौं, यसलाइ भत्काउनुपर्छ भन्दै जुलुस आएको थियो,’ चिन्तत मुद्रामा एक ब्यापारीले मकालु खबरसंग भने, ‘सटर भत्काईयोस् तर हामीले दिएको १० लाख रुपैँया फिर्ता आउनुपर्छ, हामी अन्तै व्यापार गर्न जाउँला । फिर्ता आएन भने त जहाज डुब्छ । ’ 

ऐतिहासिक खुल्लामञ्च अतिक्रमण गरी बजार विस्तार गर्न महानगरपालिकाले झण्डै ५ करोड रुपैयाँ भन्दा बढीको चलखेल गरेको अनुमान छ । महानगरपालिकाले ठेकेदार कम्पनीलाई देखाउदै अतिक्रमण गरेपछि सर्वसाधारण र सम्पदा अभियान्ताले विरोध गरेका छन् । उनीहरुले सटरहरु नहटाएसम्म अभियान नरोक्ने चेतावनी दिएका छन् । चेतावनी पश्चात शुक्रबारबाट अधिकांश सटर बन्द छन् । यही बैशाखबाट ती सटरहरु संञ्चालनमा आएका हुन् । १० देखि १५ लाख रुपैँया खर्च गरेर किनेको केही दिनमै सटर बन्द गराउनुपर्ने आवाज आएपछि ब्यपारीहरु चिन्तित छन् । ऐतिहासिक सम्पदा खुल्लामञ्च अतिक्रमण गरेर सटर हालिएको तर्फ आफुहरुको ध्यान नगएको र ब्यापरिक प्रयोजनको लागी सटर बनाएको देखेर आफुहरुले किनेको ब्यापारीहरु बताउँछन् । 

‘हामीलाई केही पनि थाहा भएन, बसपार्क भएको स्थानमा सटर बनाएको देखेपछि किनेका हौं, यसलाइ भत्काउनुपर्छ भन्दै जुलुस आएको थियो,’ चिन्तत मुद्रामा एक ब्यापारीले मकालु खबरसंग भने, ‘सटर भत्काईयोस् तर हामीले दिएको १० लाख रुपैँया फिर्ता आउनुपर्छ, हामी अन्तै व्यापार गर्न जाउँला । फिर्ता आएन भने त जहाज डुब्छ । ’ 

ब्यापारीलाई ठेकेदारको धम्की : १० लाख तिरेको नभन्नु नत्र पैसा खाईदिन्छु 

शुक्रबार अपरान्ह खुल्लामञ्चमा बनाईएका ति सटरमा हामी (मकालु खबरको टोली ) पुग्दा अधिकाँश बन्द थिए । सर्वसाधारण र सम्पदा बचाउन पहल गर्ने अभियान्ताहरुले विरोध गरेपछि ती सटर बन्द भएका रहेछन् । त्यत्तिकैमा एक महिला ब्यापारीले सटर खोलिन् । उनको कपडा पसल रहेछ । ‘सबै सटर बन्द रहेको अबस्थामा तपाईले चाँही किन खोलेको ?’ भन्दै हामीले प्रश्न तेर्सायौंँ । ती ब्यापारीले भनिन् ‘ठेकेदारले यो सटर बनाउन भन्दै हामीसंग १० लाख लिएको छ । भाडामा पनि १५ हजार तिर्नुपर्छ, अब व्यापार नभए कहाँबाट भाडा तिर्नु ? यसैले केही व्यापार होला कि भनेर पसल खोल्न आएको ।’ 

काठमाडौं महानगरपालिकाका हाकिमहरुकै सेटिङमा सटर बनाएकोले पैसा नडुव्ने आस्वसन दिएको ब्यापारीहरुले बताउछन् । तीनै महिला व्यापारीले डराउदै अग्रिम भुक्तानी दिएको कुरा पनि कतै नभन्नू भनेको समेत बताईन् । उनले सानो स्वरमा भनिन् ‘ पहिला दश पन्ध्रं लाख रुपैँया लिएको नभन्नु भनेका छन्, भाडा रकम पनि घटाएर भन्नू भनेका छन् । यो कुरा भन्यो भने लिएको १० लाख फिर्ता दिन्न भनेर ठेकेदारका मान्छेले धम्काएर गएका छन् ।’ पछिल्लो दिनमा बसपार्कभित्र ठेकेदार कम्पनीले अन्य फुटपाथ ब्यापारी छिर्न दिएको छैन । सटर किनेर बस्नेलाई मात्र छिर्न दिएको पुटपाथ व्यापरीहरु बताउँछन् । 

कर्तुत ढाकछोपमा महानगरलेमहानगरपालीाका प्रवक्ता इश्वरमान डंगोल भने भ्यूटावर निर्माणको जिम्मा पाएको स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिसंग अरु संरचना बनाउन सहमति नभएको बताउछन् । ‘खुल्लामञ्च भित्र सटर बनाएको कुरा मिडियामा आएपछि मैले थाहा पाएको हुं, त्यो सटर बनाउन सकैलाई अनुमति दिइएको छैन,’ प्रबक्ता डंगोलले मकालु खबरसंग भने ‘हामीले प्रारम्भिक रुपमा हेर्दा अबैध संरचना खडा गरेर जथाभावी रकम असुल गरेको देखिन्छ । त्यो संरचना डोजर लगाएर भत्काईन्छ ।’ 

महानगरका २०७१ फागुन २२ गते तत्कालिन कार्यकारी अधिकृत रुद्रसिंह तामाङको पालामा बसपार्कमा काठमाडौं भ्यूटावर बनाउने सम्झौता भएको थियो । ठकेदार कम्पनीले आफ्नै खर्चमा अस्थायी बसपार्क बनाउने, फोहोर मैला व्यवस्थापन गर्नुपर्ने लगायतका सहमति भएको थियो । भ्यूटावर निर्माण अवधि ३ वर्ष तोकिएको थियो । तोकिएको समयमा काम सक्नु त परै जओस, निर्माण शुरु समेत भएको छैन । 

 

को हो जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स ? 

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले पुरानो बसपार्कमा ‘भ्यु टावर’ बनाउने भन्दै पाँच वर्षदेखि जग्गा ओगटेर राखेको छ । भ्यु टावर निर्माण गर्न बिल्डर्सले महानगरपालिकासँग २२ फागुन ०७१ मा सम्झौता गरेको थियो । त्यसलगत्तै बिल्डर्सले बसपार्क हटाएर खुलामञ्चमा सारेको हो । बसपार्कलाई चारैतिरबाट जस्तापाताले घरेको छ । निर्माणका लागि केही उपकरण र गिटी, बालुवा पनि जम्मा पनि गरेको छ । तर, जग खन्ने काम भने अझै गर्न सकेको छैन । सम्झौताअनुसार उसले पाँच वर्षभित्र भ्यु टावर निर्माण गरिसक्नुपर्नेछ । तर, अहिलेसम्म ३ प्रतिशत काम पनि भएको छैन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *