अभिभावकको यस्तो मनोमानीले बिग्रन सक्छ विद्यार्थीको भविष्य

 

बैशाख १२, काठमाडौं । अहिले भर्खर नयाँ शैक्षिक सत्र सुरु भएको छ । विद्यार्थीहरु नयाँ जोस जाँगरका साथ नयाँ कक्षा, नयाँ पोसाक र नयाँ कापी किताब बोकी आफ्नो भविष्य सफल पार्न सकी नसकी गह्रौँ झोला बोकेर विद्यालय धाइरहेका छन् । 

भर्ना समयमा धेरै अभिभावक स्कूल छनौटको दौडधूपमा हुन्छन् । कस्तो विद्यालयमा पढाउँदा आफ्ना छोराछोरीको भविष्य राम्रो होला भन्नेमै चिन्तित देखिन्छन् । यही दौडमा कमैमात्र अभिभावकले सही विद्यालय छनौट गर्छन् । कतिपय अभिभावकले विद्यालयका ठूला बिल्डिङ हेरेर भर्ना गरेका पनि रेकर्डहरु पनि छन् । ठूला विद्यालयमा राम्रा पढाइ हुन्छन् भन्ने भ्रम अझैपनि छ अभिभावकमा । 

null

तर आफ्ना छोराछोरीलाई कुन विद्यालयमा भर्ना गर्दा भविष्य राम्रो हुन्छ भनेर रिसर्च गरिरहेका अभिभावकले मुख्यतया विद्यालयका पाठ्यपुस्तक, अनुशासन, सञ्चालक टीम, अतिरिक्त क्रियाकलापहरुः गीत संगीत, नाचगान र नाटक लगायतका कुरा नियाल्नु आवश्यक छ । 

ती बाहेक स्कुलमा हुने पुस्तक विवेचना, रिड टू ड्र, सिर्जना पुस्तिका, एजुकेशन फेयर, वादविवाद प्रतियोगिता, विभिन्न शैक्षिक भ्रमण लगायतका गतिविधिमा सक्रिय भइ सरकारको नीति नियमभित्र रहेर सञ्चालन भएका हुन् या होइनन् त्यो पनि अभिभावकले ख्याल गर्नुपर्ने देखिन्छ । 

चर्को फी तथा स्कुलकै खाना, खाजा लगायतमा झन्झट नहुने प्रलोभनमा परी आफ्ना छोरीछोरीलाई घरकै वातावरण बिर्साउने, अनुशासनहिन बनाउने विद्यालयमा भर्ना गर्नु भनेको फाल्तुमा पैसा उडाए जतिकै हुन्छ । न छोराछोरीको भविष्य बन्छ, न सम्पत्ति रहन्छ ।  

अर्को कुरा अरु घोडा चढे भन्दैमा आफू धुरी चढ्न खोज्ने प्रवृत्ति अन्त्य गर्नैपर्छ । अरुका लहैलहैमा लागेर केबल पैसा मात्र महँगो लिने, आकर्षक विल्डिङ भएको विद्यालय हेर्नुभन्दा जुन स्कुलले सिर्जनात्मक क्रियाकलापमा जोड दिन्छ, सैद्धान्तिक सँगसँगै प्रयोगात्मक शिक्षालाई पछ्याएको छ, त्यस्ता स्कुलमा आफ्ना सन्तानहरू भर्ना गरे भविष्यमा पक्कै पछुताउनु नपर्ला । 

विविध गतिविधिमा विचार नपुर्याइ मनोमानी ढंगले जस्तोसुकै विद्यालयमा आफ्ना छोराछोरी भर्ना गरे भविष्यमा पछुताउनु बाहेकको विकल्प रहन्न । तसर्थ हतारमा निर्णय नगरी विद्यालयका बारेमा बुझेर मात्रै आफ्ना छोराछोरी भर्ना गर्ने बानी बसालाैँ ।  

आजभोलि स्कुलमा मनोमानी रूपमा आफ्ना पब्लिकेसनका नाममा नाफा कमाउने धन्दामा गुुणस्तरीय पाठ्यवस्तु नपढाइ जस्तो पायो त्यस्तै लेखकका किताब पढाउँदा हामी असल संस्कारका नाममा अहिलेको शिक्षाबाट दूर हुन सक्छौँ । यसमा सबैले बरोबरी रूपमा ख्याल गर्नुपर्छ । मापदण्डविपरीतको स्कुले शुल्क, अभिभावकलाई अत्यधिक मर्कापर्ने गरी लागू गरिएको विभिन्न अतिरिक्त शुल्क, के अहिलेको पुस्ताहन्तान्तरणमा सुहाउँदो छ त ? यसको नियमन निकाय खै ? 

हामीले पढाउने स्कुलमा प्याब्सनको आफ्नो विशिष्टिकरण तालिका अनुसार पाठ्यपुस्तक र उसैले निर्माण गरेको प्रश्नपत्र लागू गर्दा सबै स्कुलको पढाउने तौरतरिका मिल्दैन । यसले गर्दा जबरजस्ती कोर्स सकाउने केबल घोकन्ते र पुनरावृृत्तिमा जोड दिँदा त्यसले भाइबहिनीहरूको दीर्घकालीन नतिजा राम्रो नदेखिन सक्छ । 

यसबारे पनि अभिभावकले बेलामौकामा स्कुलमा गई जानकारी राखी रहनु सान्दर्भिक हुन जान्छ । 

गृहकार्य र किताबी ज्ञान मात्र नहेरौँ 

हो, बाबुआमालाई लाग्ला छोराछोरी किताबी किरो भइदिए हुन्थ्यो । घरमा आएर बेलुका रातिसम्म पढिदिए हुन्थ्यो । बिहान पनि अबेरसम्म गृहकार्य गरिदिए हुन्थ्यो भन्ने हुन्छ । तर यस्तो ‘सुगा रटाइ’ तरिकाको पढाइले बालबालिकाको कलिला मष्तिष्कमा नराम्रो असर पर्न जान्छ । तसर्थ यस्ता कुरामा पनि अभिभावकले ध्यान दिने गर्नुपर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *