कामना सेवाकोे ८० औं शाखा पथरीमा

 

चैत्र २१, काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले पथरी शनिस्चरे नगरपालिकाको वडा नं ०१, पथरीमा हिजोबाट आफ्नो ८० औं शाखा संचालन गरी कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक बलराम बराल र प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उक्त शाखाकाे कारोबार शुभारम्भ गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखाको समुद्घाटन कार्यक्रममा बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिए । 

null

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ७९ वटा शाखा तथा ३४ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *