कामना सेवाकोे ७९ औं शाखा बुटवलको मैना बगरमा

 

चैत १८, काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कामना बैंकलले बुटवल नगरपालिकाको वडा नं २,मैना बगरमा सोमबार ७९ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो । 

बैंकका संचालक भिम प्रसाद तुलाचनले उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए । उद्घाटनपछि बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिइएको थियो । 

null

बैंकले देशका विभिन्न भागहरुमा ७८ वटा शाखा तथा ३३ वटा एटिएम मार्फत् ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *