पुरानै कर्मचारी तन्त्रलाई नसुधारे देश विकासमा अवराेध भइरहने : अध्यक्ष ‘प्रचण्ड’

 

चैत २८, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरानै कर्मचारीतन्त्रलाई नसुधारे देश विकासमा अवराेध नहट्ने बताएका छन् ।चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँग अर्न्तक्रिया तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष प्रचण्डले भने,”पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरु पुराना हुँदा सरकारलाई निकै धेरै मिहेनत गर्नुपरेको छ , ‘हाम्रो देशको कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएको छ यसलाई परिमार्जित र परिस्कृत गर्न जरूरी भईसक्याे । 

null

उनले माडीमा पार्टी कमिटी निर्माण गरेर जनताको काम मिलेर गरेकोमा स्थानीय नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिए । स्थानीय नेता तथा कार्यकर्ताहरुले पार्टीको स्थिति र स्थानीय समस्याका बारेमा रिपोर्ट प्रस्तुत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र राप्रपाबाट नेकपामा प्रवेश गर्नेहरुलाई टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *