भारतमा शक्तिशाली भूकम्पको झट्का
२०७६ वैशाख ११ गते

एजेन्सी । भारतको अरुणाञ्चल प्रदेश केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । अरुणाञ्चलको इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रबिन्दु भएर ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको यूएस जिओलोजिकल सर्वेले जनाएको छ ।
राति पौने २ बजे गएको भूकम्पको धक्का अरुणाञ्चल, चीनको सीमावर्ती क्षेत्र तिब्बतमा पनि महसुस भएको थियो ।
२०७६ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








