ऋतिक भए ए लेभलको ‘वर्ल्ड टपर’

 

चैत्र २९, काठमाडौँ । ऋतिक यादव यस वर्षको ए लेभल परीक्षामा वर्ल्ड टप भएका छन् । उनी जेभियर इन्टरनेशनल कलेज कालेपुलका विद्यार्थी हुन् । उनले कम्प्युटर साइन्स र फिजिक्समा वर्ल्ड टप गर्दै केमेष्ट्रीमा वर्ल्डको सातौं वरियता कायम गर्न सफल भएका छन् । 

ललितपुरमा आज ब्रिटिश काउन्सिलले आयोजना गरेको प्रोगाममा वर्ल्डभरिका विद्यार्थीमा जेभियर इन्टरनेशनलका यादवले ‘वर्ल्ड टप’ गरेको जानकारी प्राप्त भएको छ ।वर्ल्ड मै ख्याती प्राप्त बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेसन (जिसिई) प्रोगाम अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम ए लेभलमा यस अगाडी पनी नेपाली विद्यार्थीले उत्कृष्ट रिजर्ल्ड ल्याउन सफल हुँदै आईरहेका थिए । 

null

कार्यक्रममा वर्ल्ड टप गर्ने सहित बिभिन्न उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । जेभियर इन्टरनेशनलकै विद्यार्थीले यसअघि पनि वर्ल्ड टप गरेका थिए । ए लेभल पढाइ हुने नेपालका विभिन्न कलेजका उत्कृष्ट विद्यार्थीको नाम समेत उक्त प्रोगाममा बताईएको थियो । 

ए लेभल लाई नेपालको शिक्षासँग तुलना गर्नुपर्दा १२ क्लास बराबरीको  शिक्षा मानिन्छ । वर्ल्डमा धेरैजसो नाम कमाएका विश्वविद्यालयमा भर्ना हुन ए लेभललाई फलामे ढोकाका रुपमा हेरिन्छ । क्याम्ब्रिज विश्वविद्यालयको जिसिईले वर्ल्डमै उच्च दर्जाको परीक्षा सञ्चालन गर्ने र एकै समयमा परीक्षा गर्ने तथा एकै समयमा रिजर्ल्ट निकाल्ने गररेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *