रसुवामा एकीकृत बस्ती विकास गरिने 

 

चैत्र १८, रसुवा ।  बि.स. २०७२ बैशाख १२ को महाभुकम्प बाट बिस्थापित तिरु र गोगने का जोखिमयुक्त बस्तिका भुकम्प पीडित लाभग्राहीहरुलाई तिरुमा एकीकृत बस्ती विकास गरि पुर्नस्थापना गरिने भएको छ । यसकालागि एक सय नौ बिस्थापित लाभग्राही परिवारहरुलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत जग्गा खरिद गरी लालपुर्जा बितरण गरिएको हो । 

रसुवामा आयोजित एक कार्यक्रमका बीच रसुवाबाट प्रतिनिधिसभा सासंद मोहन आचार्य , प्रदेश सभा सासंद प्रेम तामाङ र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सदस्य घुर्ब्र शर्माले बिस्थापित लाभग्राही परिवारलाई लालपूर्जा वितरण गरेका हुन । तिरु र गोगनेका बिस्थापितहरु जोखिमपूर्ण अबस्थामा खाल्टेमा बसिरहेका थिए । 

null

कार्यक्रमलाई सम्बोधन गर्दै सासंद मोहन आचार्यले सबैको सहयोगबाट जोखिमपूर्ण अबस्थामा खाल्टेमा बसोबास गरिरहेका बिस्थापितहरुलाई सुरक्षित रुपमा तिरुमा स्थानान्तरण गर्ने काम सम्पन्न गर्न सम्भव भएको भन्दै सबैलाई धन्यबाद व्यक्त गरे । बिस्थापितलाइ सुरक्षित पुनःस्थापन गराउँदा मात्रै साचो बिजय हुने सासंद आचार्यले बताए । 

प्रदेश सासंद प्रेम तामाङले जोखिमपूर्ण अवस्थामा रहेका बिस्थापितलाइ जसरि पनि स्थानान्तरण गरिने र सधै बिस्थापित परिवारको साथ मा रहेको बताए । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका सदस्य घुर्ब्र शर्माले पुनःनिर्माण प्राधिकरणले भुकम्प प्रभावित परिवारलाइ सुरक्षित बसोबासमा जोड दिई रहेको भन्दै रसुवाको खाल्टे बसोबासकालागी असुरक्षित रहेकाले त्याँहा अस्थाई रूपमा बसोबासगरि रहेका बिस्थापितहरू सबैलाई तिरूको एकृकित बस्तीमा स्थानान्तरण हुन आग्रह गरे । 

गाउँपालिका अघ्यक्ष उपेन्द्र लम्सालले बाकि रहेका अन्य बिस्थापित परिवाहरुलाइ पनि सुरक्षित पुनःस्थापन गराउन लागि परेको र सबैलाई सुरक्षीत पुनःस्थापन गराउँनु नै गाउँ पालिकाको पहिलो प्राथमिकता रहेको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *