नवलपरासीमा ट्याक्टर दुर्घटना: एकको मृत्यु, तीन जना घाइते
नवलपरासी, २९ चैत्र । नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा बिहीबार भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुलिङटार गाउँपालिका वडा नम्बर ६ मा रा १ त ८९५ नम्बरको ट्याक्टर सडकबाट झन्डै सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
मृत्यु हुनेमा दाङ जिल्लाको तुल्सीपुर नगरपालिका–१७ का २३ वर्षीय ट्याक्टर चालक जनक हरिजन रहेका छन् । दुर्घटनामा दाङकै राजपुर नगरपालिका–२ का १८ वर्षीय शनिराम यादव, सोही ठाउँका १८ वर्षीय मोहन यादव र सोही ठाउँकै १९ वर्षीय पिताम्बर यादव रहेको प्रहरीले जनाएको छ ।
null
घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्याक्टर अर्तौली गडवा खोलास्थित कालिगण्डकी कोरिडोर निर्माण कम्पनीअन्तर्गत आशिष निर्माण सेवा कम्पनीको रहेको प्रहरीले जनाएको छ ।