प्रभु बैंकको कालिमाटी एक्स्टेन्सन काउण्टर सञ्चालन

बैशाख १३, काठमाडाैँ ।  प्रभु बैंकले आजबाट काठमाण्डौ महानगरपालिका कालिमाटी स्थित फलफुल तथा तरकारी बजारमा शाखा कार्यालय एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याईएको छ । 

 

कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले एक समारोहका बीच कालिमाटी शाखा एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् । बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलपूmल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ्ग पहुँच बिस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारी करणमा प्रत्यक्ष टेवा पुग्ने गरी अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले कालिमाटीमा आप्mनो एक्स्टेन्सन काउण्टर खोली सञ्चालनमा ल्याएको हो । 

null

कृषि क्षेत्रको विकास तथा कृषी व्यवसायमा संलग्न भई विपन्न आर्थिक जिवन व्यतित गरिरहेका कृषहरुको आर्थिक स्तर उकास्न सहज होस् भन्ने उद्देश्यले बैंकले कृषि कर्जा शीर्षक अन्तर्गत छुट्टै कर्जा योजना तयार गरी प्राथमिकताका साथ कर्जा लगानी गरिरहेको छ । 

यस अन्तर्गत बैंकले अन्नवाली, तरकारी बाली, चिया÷कफी, फलपूmल तथा पुष्प खेती, पशुपालन÷पशु बधशाला, माहुरी पालन, सिंचाई, माछा पालन, शित भण्डारण लगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उल्लेख्य कर्जा लगानी गरिरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *