नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट कामना सेवाविकास बैंक बीच सम्झौता

चैत्र २७, काठमाडाैँ ।  यही चैत्र २५ गते नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवाविकास बैंक बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले द्रुगगतिमा विस्तार गर्नको लागि वित्तीय साक्षरता  सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा NBI को तर्फबाट सहायक महाप्रबन्धक धनथापा र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविन बस्नेतले हस्ताक्षर गरेका थिए ।  

यस सम्झोैतापत्र अनुसार NBI ले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोवाईल एपकाे संरचना र सुविधाहरु बारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई बिस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई NBI Mobile App बारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माँझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ बिस्तार गर्नको लागिको प्रेरित गर्नेछ । 

साथै बैंकले NBI  एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्मार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउँनेछ । यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरि दिनेछ । यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय संचालनबारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबिआई मोबाईल एपकाे प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *