भक्तपुरमा बस र टिप्पर ठोक्किँएपछि एकको मृत्यु, दुई जना घाइते

भक्तपुुर, ५ वैशाख । बुधबार राति सूर्यविनायक नगरपालिका –१० भातेढिकुरमा बस र टिप्पर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भने, दुईजना घाइते भएका छन् । भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा ४ ख ४८१५ को टिप्पर ठोक्किएर दुर्घटना भएको हो । 

 

दुर्घटनामा बसका मालिक सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका– ३ बतासेका ३४ वर्षीय रमेश भण्डारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

null

बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोक–३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिप्पर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठ घाइते भएका छन् । उनीहरुको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *