उच्च अदालतमा सिफारिस १८ न्यायाधीशलाई सपथ गराइँदै

 

चैत २७, काठमाडौं । उच्च अदातलमा सिफारिस १८ न्यायाधीशलाई आज सपथ गराईंदैछ । 

सिफारिस न्यायाधीशहरुलाई मुख्य न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई साक्षी राखेर सपथ गराउने जानकारी दिइएकाे छ । 

null

न्याय परिषद्‌ले गत मंगलबार (चैत १९ गते) विभिन्न उच्च अदालतका १८ जनाको नाम सिफारिस गरेको थियो । एक जनालाई भने वैशाखदेखि नियुक्त गरिनेछ । 

बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट ३ जना, साविक पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश एक जना, जिल्ला न्यायाधीशबाट ६ जना र कानून ब्यवसायीमध्येबाट ७ जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको हो । 

न्यायाधीश सिफारिस हुनेहरुमा न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट नायव महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल रहेका छन् । साविक पुनरावेदन अदालतकी पूर्वअतिरिक्त न्यायाधीश निलम पौडेल पनि उच्च अदालतको न्यायाधीश सिफारिसमा परेकी छन् । 

जिल्ला न्यायाधीशबाट रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, गोरखा जिल्ला अदालतका राजेशकुमार काफ्ले, भरतपुरका महम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी र पर्साका नगेन्द्र लाल कर्ण पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । 

अधिवक्ता मध्येबाट ७ जना मुख्य न्यायाधीशमा नियुक्त भएका छन् । जसमा जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया रहेका छन् । 

न्यायपरिषदले उच्च अदालतका न्यायाधीश उमेशराज पौडेल सेवानिवृत्त भएपछि नियुक्ति पाउने गरी अधिवक्ता अञ्जु उप्रेती ढकाललाई न्यायाधीश सिफारिस गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *