एलआईसीको धन वृष्टि योजना भयो ‘लोकप्रिय’

काठमाडौं, ५ वैशाख । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसीले भर्खरै बजारमा ल्याएको धन वृष्टि योजनाको विक्रीमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । कम्पनीले यो योजना विक्री शुरु गरेको पहिलो दिनमा ५१२२ वटा धन वृष्टि बीमालेखहरु विक्री गरी रु ८.५ करोड प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको हो । 

 

कम्पनीले पहिलो दिनमा कमसेकम देशभरीका शाखा कार्यालयबाट ५००० पोलिसीहरु विक्री गर्ने लक्ष्य राखेको थियो । यस कम्पनीले देश भरीका ७४६ अभिकर्ताहरुले धन वृष्टि बीमालेख पहिलो दिनमा विक्री गरेका थिए । यस बीमा योजनालाई सम्मानित बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाईले चैत्र २९ गते सार्वजनिक गरेका थिए । 

null

 

त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल पी दासले यो पोलिसी खरीद गर्ने सम्पूर्ण पोलिसीहोल्डरहरु, अभिकर्ताहरु र कर्मचारीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । अधिकृत दासले आउने दिनहरुमा त्यस्तै लोकप्रिय अरु बीमालेखहरु चाडैं बजारमा ल्याउने समेत प्रतिबद्धता जनाए । 

यो ऐतिहासिक सफलता प्राप्त गरेकोमा कम्पनीले आफ्नो कर्पोरेट कार्यालयमा केक काटेर हर्षोल्लासका साथ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नेपाली बजारमा धन वृष्टि योजना अत्यन्त लोकप्रिय भएको र आउने दिनहरुमा यो योजनाको विक्री बढ्ने विश्वास व्यक्त गरे । 

यो धन वृष्टि योजना एक धन फिर्ता योजना हो । १३ देखि ६० बर्षसम्म उमेरका व्यक्तिहरुले बीमा लिन सक्नेछन् । न्यूनतम बीमाको रकम रु १ लाख कायम गरिएको छ । यो योजना १० र १५ वर्ष अवधिको लागि उपलब्ध छन् । १० वर्षे योजनामा ३ र ६ वर्षमा ३३/३३ प्रतिशत र १० वर्षमा बीमा ३४ प्रतिशतका साथमा बोनस रकम एकमुष्ट प्राप्त हुन्छ । 

त्यस्तै १५ वर्षे योजनामा ३ , ६ , ९, १२ वर्षमा बीमाको १५/१५ प्रतिशतका दरले रकम फिर्ता हुने र १५ वर्षमा ४० प्रतिशतका साथमा बोनस रकम एकमुष्ट प्राप्त हुन्छ । यो योजनामा अधिकतम् रु ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध छन् । साथै दई वर्षको बीमा शुल्क भुक्तानीपश्चात् बिमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *