राप्ती ६ का विपन्न वर्गलाई धारा वितरण

 

चैत २६, चितवन । राप्ती नगरपालिका वडा नम्बर ६ ले विपन्न समुदायका १० घर परिवारलाई धारा वितरण गरेको छ । 

चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेटबाट उनीहरुलाई एक–एक वटा धारा वितरण गरिएको राप्ती नगरपालिका कार्यपालिकाकी सदस्य एवम् सामाजिक विकास समिति संयोजक पुष्पा केशीले जानकारी दिइन् । 

null

वडाध्यक्ष जल्लु चौधरी, वडा सदस्यहरु गुनु विक, कौशिला चौधरी र राजकुमार तामाङले सयुक्त रुपमा उनीहरुलाई धारा वितरण गरेका हुन् । आफ्ना घरमा धारा नहुँदा उनीहरु अर्काको घरबाट पानी ल्याई खान बाध्य थिए । 

केसीका अनुसार स्थानीय उमा कुमारी चौधरी, मुरली दनुवार, लालबहादुर दनुवार, भिम बहादुर तामाङ, लोक बहादुर प्रजा, कृष्ण माया गुरुङ, तारा विश्वकर्मा, मनोहर चौधरी, माया चौधरी र मुडाभार प्रतिक्षालयका लागि धारा प्रदान गरिएको हो । वडा कार्यालयले स्थलगत अवलोकन पछि मात्रै धारा प्रदान गरको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *