एनआईसी एशिया बैंकको ८ नयाँ शाखा उद्घाटन

 

बैशाख १४, काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरि ८ नया ँशाखा कार्यालयहरु विस्तार गरेको छ । 

ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले आज ८ नयाँ शाखाको उद्घाटन गरेको हो । 

null

पोखरा महामनगरपालिका वडा नं १०, अमरसिंह चोकस्थित अमरसिंह चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्ली रामपोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले गरेका थिए । 

यस्तै नार्गजुन नगरपालिका वडा नं.४ सितापाईला स्थित सितापाईला शाखा कार्यालयको उद्घाटन नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेतले गरे । 

यसैगरी काठमाडौं महानगरपालिका वडा नं ३१, शंखमुलस्थित शंखमुल शाखाको सोहि वडाका वडा अध्यक्ष नारायण प्रसाद भण्डारी, ललितपुर उपमहानगरपालिका वडा नं १८ भैंसेपाटी स्थित भैंसेपाटी शाखाको सोहि वडाका वडाध्यक्ष पुरोषोतम खड्का, बिदुर नगरपालिका वडा नं १, त्रिशुलीबजार, नुवाकोट स्थित त्रिशुली बजार शाखाको मेयर श्रीसन्जु पण्डित, बिदुर नगरपालिका वडा नं १०, बेत्रावतीबजार, नुवाकोटस्थित बेत्रावती बजार शाखाको सोहि वडाका वडाध्यक्ष गणेश कुमार नेपाल, धुलिखेलनगरपालिका वडा नं. ४, काभ्रे स्थित धुलिखेल शाखा कार्यालयको धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु तथा पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नं. ५ पर्सा स्थित भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोजकुमारले बैशाख १३ गते एक समारोहकाबीच उद्घाटन गरेका हुन् । 

 

बैंकले हाल मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

करिब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको नायब प्रमुख सुचना अधिकृत अर्जुन राजखनियाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *