प्रभु बैंकको अनलाइनखाता सेवा सञ्चालन

बैशाख १०, काठमाडौँ । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ ।  

 

अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने हेतुले यस बैंकले अनलाइन मार्फत खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । 

null

सूचना प्रविधिको उपयोग गर्दै आफ्नाे घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने व्यवस्था मिलाईएको छ । 

बैंकले सञ्चालनमा ल्याएको अनलाइन खाता सम्बन्धी सेवाबाट प्रभु बैंकमा खाता खोल्न चाहने ग्राहकहरुले प्रभु बैंकको शाखा कार्यालय सम्म नपुगी नै आफु रहेको स्थानबाट अनलाईन खाता खोल्ने आवेदनगर्न, अनलाईन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ । यो सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको ‘Online A/c Opening’  बटन क्लिक गर्नु पर्नेछ । 

प्रभु बैंकले सञ्चालनमा ल्याएको अनलाईन खाता सम्बन्धी सेवाबाट ग्राहक महानुभावहरुको समय बचत हुने तथाविना झण्झट आफ्नाे समय अनुकुल आफु रहेको स्थानबाट अनलाईन खाता खोली प्रभु बैंकको गुणस्तरीय सेवाउ पभोग गर्न सकिने भएकोले अधिकतम ग्राहकले यसबाट लाभ लिन सक्ने यस बैंकले विश्वास लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *