झरेको, काटिएको कपालको मूल्य २ हजार, टप १० निर्यातकर्तामा भारत र पाकिस्तान

बैशाख ६, नयाँ दिल्ली । घरमा बिहान/बेलुका जसलाई हामी फोहोर सम्झेर फाल्ने गर्छौँ, वास्तवमा तीनको मूल्य हराजौं रुपैयाँ छ ।
पूरा दुनियाँमा यसको वार्षिक कारोबार अरबौं रुपैयाँको छ । वैदेशिक बजारमा भारत र पाकिस्तान यस मार्केटका प्रमुख निर्यातकर्ता हुन् । दुवै देश यस कारोबार कब्जा गर्ने होडमा छन् । दुनियाँका कयौं विकसित देश यसका खरिददार हुन् ।
null
यहाँ हामी चर्चा गर्दैछौँ मानव कपालको । झट्ट सुन्दा होइन की जस्तो लाग्न सक्छ, तर मानव कपाल भारत–पाकिस्तानको अर्थ व्यवस्था मजबूत बनाउने हिस्सा बन्दै गइरहेको छ ।
सामान्यतया हाम्रो घरमा झरेको कपाल या सैलुनमा काटेको कपाल फोहोरमा फ्याँक्ने गरिन्छ । त्यही केही मानिसहरुका लागि करोडौंको कारोबार र कमाइको प्रमुख स्रोत बन्छ ।
पाकिस्तानी संसदको तल्लो सदनमा पहिलो पटक मानव कपालको निर्यातको व्यावसायिक मूल्यको बारेमा रिपोर्ट पेश गरिएको छ । पाकिस्तानका वाणिज्य मन्त्रालयको तर्फबाट पेश गरिएको उक्त रिपोर्टमा पाँच वर्षमा उनीहरुले मानव कपालको निर्यातबबाट १.६ मिलियन यूएस डलरको व्यापार गरेको उल्लेख छ।
पाकिस्तानबाट मानव कपाल खरिद गर्ने देशमा प्रमुख रुपमा चीन, अमेरिका, र यूनाइटेड अरब (यूएई) समेत दुनियाँका कयौं देशहरु सामेल छन् ।
यूएस र जापान, पाकिस्तानबाट प्रिमियम गुणस्तरको कपालको सबभन्दा धेरै खरिददार हो । यो देश ती कपालको प्रयोग आफ्नो मनोरञ्जन उद्योगका लागि गर्दछ । त्यस्तै चीनमा कस्मेटिक उद्योग बढाउनुका साथै मानव कपालको माग पनि तीव्र रुपमा बढिरहेको छ ।
२०१७ सालमा दुनियाँ भरमा मानव कपालको निर्यातको कुल कारोबार करिब ५८०० करोड रुपैयाँ रहेको थियो ।
ती कपालको माग कोलकता र चेन्नईमा निकै छ । त्यहाँ यी कपालका ट्रीटमेन्ट गरेर चीन पठाउने गरिन्छ । व्यापारिका अनुसार भारतमा ती झरेको कपालको कारोबार करिब तीन हजार करोड रुपैयाँको भइसकेको छ, जबकी मध्ये प्रदेशमा करिब १०० करोड रुपैयाँको कपाल हरेक साल बिक्री हुने गर्छ ।
कपालको कारोबारमा सैलुन, विशेषगरी महिला पार्लरको प्रमुख भूमिका छ । एनसीआरका कयौं महिला पार्लर पनि यहाँ काट्ने कपालको ५००–१००० रुपैयाँ किलो सम्म बेच्ने गर्छन् ।
कोलकतामा एक किलो कपालको मूल्य ८०० देखि १००० रुपैयाँ सम्म छ । होली भन्दा पहिले कपालको मूल्य २००० रुपैयाँ प्रतिकिलो सम्म पुग्ने गर्छ, किनकी होलीमा रंगीन विगको माग बढ्ने गर्छ ।
भारतमा सैलूनमा काटिएको कपालका साथसाथै काइँयोमा झुण्डिएको कपालको बिक्री मूल्य पनि बढेको छ ।








