तयार भयाे छतमै हेलिकोप्टर ल्यान्ड गर्न मिल्ने सेनाको ४ सय ३० कोठे भवन

 

बैशाख ९, काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ। 

गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढंगबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो। विसं २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महिनाको अवधिमा तयार गरेको हो। उक्त भवन निर्माणका लागि दैनिक ४०० को सङ्ख्यामा जनशक्ति अहोरात्र खटिएका थिए। 

null

नयाँ भवनबाट दैनिकरूपमा एक हजार सैनिक जनशक्तिले कार्यसम्पादन गर्नसक्ने आयोजना प्रमुख उपरथी योगन्द्रबहादुर खाँणले जानकारी दिए। सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले रु तीन अर्ब ४४ करोड रकम विनियोजन गरेको थियो। 

भूकम्पप्रतिरोधात्मक उक्त भवनमा क्यूविकलसहित ४३० कोठा रहेको उनले जानकारी दिए । उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछ । 

अलग÷अलग सातवटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लोे छ। सैनिक मुख्यालयको संगठन संरचना अनुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो । 

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नवनिर्मित जंगी अड्डा भवनको ९भोलि० मंगलबार सैनिक मुख्यालयमा आयोजना हुने विशेष समारोहकाबीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

आवश्यकता अनुसार, छाना ९छत०मा हेलिकप्टर अवतरण गराउन मिल्ने गरी निर्माण गरिएको उक्त भवनमा विभिन्न बैठक कक्षसहित ५०० व्यक्ति अटाउने क्षमताको सम्मेलन कक्षसमेत छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट जङगी अड्डासहित नेपाली सेनाका एक हजार १०९ भौतिक संरचना क्षति भएका थिए । 

भूकम्पपछि खुम्चेर काम गर्नु परेपनि छोटो समयमै उच्च गुणस्तरीय ढङ्गबाट मुख्यालय भवन निर्माण भएपछि जंगी अड्डामा रहने नेपाली सेनाको जनशक्तिलाई काममा सहज हुनेछ । 

नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अंग हो । नेपालको संविधानको धारा २६७ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रियहितको रक्षाका लागि संविधान प्रतिबद्ध समावेशी नेपाली सेनाको व्यवस्था गरिएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *