एनआईसी एशिया बैंकको १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना सार्वजनिक

चैत्र २०, काठमाडौं । पछिल्लो समय बैकिङ क्षेत्रमा सर्वाधिक छलाङ मार्न सफल बैंक हो, एनआईसी एशिया बैंक । २१ वर्षअघि सुरु भएको बैंकले पछिल्ला चार–पाँच वर्ष यता गरेको प्रगति उदाहरणीय छ । 

आक्रमक बजार नीति, शाखा विस्तार तथा चुस्त बैंकिङ प्रणाली अपनाउँदै शहरदेखि गाउँ घरसम्म एनआई सी एशिया बैंकले पकड जमाएको छ । 

‘बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने नाराका साथ जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसीले २१ वर्ष पुरा गरि २२ आंै वर्षमा प्रवेश गर्न लागेको अवसरमा २२ वटा चमत्कारीक योजना सार्वजनिक गरी बैंकिङ क्षेत्रमा हलचल ल्याएको छ । 

null

बैकले सर्वाधिक उच्च ब्याजदरको अलवा २२ वटा चमत्कारीक विशेषताहरु रहेको विभिन्न १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । 

सबै तह र तप्काका ग्राहकहरुलाई आकर्षित गर्ने लक्ष्यका साथ ‘चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता सार्वजनिक गरेको छ । यसैगरी चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरि चमत्कारिक तलब बचत खाता सार्वजनिक गरेको छ । 

 

उपरोक्त उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकहरुले १५ लाख सम्मको दुर्घटना बिमा र १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदाहरु सहित ल्याइएको योजनाले उपरोक्त उल्लेखित सबै क्षेत्र, भेग, तह र तप्कालाई फाइदा पुग्ने बिश्वास बैंकले लिएको छ । 

यो चमत्कारिक बचत निक्षेप खाताहरु बैंकको मुलुकभरी रहेको आफ्ना २८१ वटै शाखा कार्यालय र अनलाइनबाट सहज रुपमा बिना झन्झट खोल्न सकिने व्यवस्था गरिएको छ । 

बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथी उल्लेखित सुविधाहरुको अतिरिक्त नेपालमै पहिलो पटक Sweep In – Sweep Outको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाइने छ । देशैभरी रहेका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने भएको छ भने अन्य चमत्कारिक फाइदाहरु समेत प्रदान गरिने बताइएको छ । 

चमत्कारिक बचत योजना अन्तर्गत रहेको बैंकले सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाका साथ चमत्कारिक नारी बचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना पनि ल्याएको छ । 

यसैगरी चमत्कारिक बाबुनानी बचत योजना, चमत्कारिक बिद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारिक तलब बचत योजना बैंकले सार्वजनिक गरेको छ । 

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *