गढीमा जुरसितल पर्व विशेष कार्यक्रम हुने

चैत्र २६, दुहवी । सुनसरीको गढी गाउँपालिकामा चैत्र ३० गते जुरसितल पर्व विशेष कार्यक्रम हुने भएको छ । मंगलवार गढी गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै थारु महिला सभा जिल्ला कार्य समिति सुनसरीले सोको जानकारी दिएकी हुन् । 

अध्यक्ष शुशिला लेखिले साँस्कृतिक तथा धार्मिक उद्देश्य लिएर जिल्ला व्यापी जुरसितल पर्व विशेष कार्यक्रम गरिने जानकारी दिइन । थारु समुदायले नयाँ वर्ष बैशाखमा मनाउँदै आएको शिरुवा पर्वको अवसर पारेर जुरसितल पर्व कार्यक्रम गरिने आयोजकले जनाएको छ । 

थारु समुदायले सुख, शान्ति प्रगती तथा लामो आयुको कामना गर्दै ग्रामथान देवता घर, कुल देवतालाई जल अर्पण गरि आफु भन्दा ठुलो मान्छेको खुट्टामा तथा आफु भन्दा सानो मान्छेको शिरमा पानि छर्कीदै जुरसितल भन्दै शिरुवा पर्व मनाउँने गरिन्छ । 

null

 

पत्रकार सम्मेलनमा बोल्दै सभाकी केन्द्रिय सचिव शुशिला चौधरीले थारुवान, थरुहट संयुक्त संर्घष समितिले गरेको आन्दोलनलाई राज्यले उपेक्षा गरेको भन्दै जुरसितल पर्व कार्यक्रमबाट थारु समुदायको हक अधिकार पहिचानको मुद्दामा सफलता मिलोस भन्ने कामना सहित कार्यक्रम सम्पन्न हुँने जनाइन । 

गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, थारु महिला सभाका सल्लाहकार रामराज चौधरी लगायतले जुरसितल पर्व कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =