मनकारी वडाध्यक्ष, जसले आफ्नो तलबले विद्यार्थीलाई पुस्तक किनिदिए

 

बैशाख १२, काठमाडौं । भनिन्छ, मानिस विवेशील प्राणी हो । तर कोही अत्यन्त निर्दयी हुन्छन् भने कोही मनकारी स्वभावका । मनकारी स्वभावका व्यक्ति जो सदैव अरुको हितका लागि काम गर्छन् । गरिब असक्त लगायत व्यक्तिलाई सहयोग गर्न चाहन्छन् । 

हो, त्यस्तै व्यक्तित्व मध्येका एक हुन् गोरखा जिल्ला सहिद लखन थापा गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ । जसले आफूले पाएको करिब २ लाख ८८ हजार बराबरको तलबभत्ताले गोरखा जिल्लाका विभिन्न स्थानमा अध्ययनरत विद्यार्थीलाई किताब कापी किनेर बाँडिदिएका छन् । 

null

उनले विभिन्न वडाका विद्यालयका विद्यार्थीलाई सो शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । सहिद लखन थापा ७ को सहिद स्मृति माविमा ७० थान, लखन थापा आधारभूत विद्यालयमा ५३ थान, चण्डिका आधारभूत विद्यालयमा ६७ थानका साथै खाब्दी र मकैपुर प्राविका विद्यार्थीलाई उक्त पुस्तक वितरण गरेका हुन् । 

त्यति मात्र नभई वडाध्यक्ष श्रेष्ठले विभिन्न रोग तथा स्थास्थ्य समस्याबाट ग्रसित भएका र आर्थिक उपचार गराउन धौधौ भइरहेका सोही जिल्लाका मिर्र्गौला रोगी नरबहादुर अधिकारी र दलबहादर आलेलाई ५/५ हजार सहयोग गरेका छन् । 

उक्त पुस्तक वितरण राष्ट्रिय सभामा प्रतिपक्षी दलका रूपमा रहेका सुरेन्द्रराज पाण्डेको उपस्थितिमा बाँडिएको हो । 

श्रेष्ठले विभिन्न सरकारी काममा आउँदा फोटोकपी गर्दा लाग्ने शुल्क र टिकट पनि निःशुल्क गरिदिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *