इन्जिनियरिङ कलेज सञ्चालन मोडालिटी समितिको बैठक बस्यो, चाँडै मोडालिटी तयार हुने

 

चैत्र २२, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज सञ्चालनको मोडालिटी बनाउन गठित समितिको पहिलो बैठक बसेको छ । गत साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको बैठकले समितिको बैठक बस्ने र व्यवस्थापन गर्ने विषयमा छलफल गरेको छ । 

५ सदस्यीय समितिको पहिलो बैठकमा चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्र भने सहभागी हुन सकेनन् । उनी विदेश भ्रमणमा रहेकोले बैठकमा सहभागी हुन नसकेपनि समितिसँग सम्पर्कमै रहेर बैठक गरिएको समितिका संयोजक पोखरा विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन एशोसिएट प्रोफेसर बुद्धिराज जोशीले बताए । 

null

‘गत साता बसेको पहिलो बैठकले समितिको बैठक कहाँ बस्ने र ब्यवस्थापन कसरी गर्ने छलफल गरेको छ । दोस्रो बैठक यहि २५/२६ गते बस्ने तय भएको छ’, जोशीले भने । 

समितिले अबको बैठकमा कलेज सञ्चालनका विभिन्न विषयमा छलफल गर्दै अगाडी बढ्ने बताइएको छ । लामो समयदेखि कलेजको आर्थिक तथा प्रशासनिक समस्या आइरहेकोले समितिले चाँडै मोडालिटी बनाउने जोशीले बताए । ‘कलेज हामी सबैको सम्पत्ति भएकोेले समितिले सबैको विचार र भावनालाई कदर गर्दै यसको स्थायीत्वका लागि निर्णय गर्नेछ’, उनले भने । 

भक्तपुर दुवाकोट स्थित नेपाल इन्जिनियरिङ कलेजको श्री सम्पत्ति कुम्ल्याउन लम्बोदर न्यौपाने र सांसद सुर्यबहादुर केसीको टीमले अनेक हतकण्डा अपनाउँदै आइरहेका थिए । 

उनीहरुले अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठकलाई समेत ७८ लाख घूस खुवाएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत छानविन गरिरहेका छन् । भने, शिक्षा मन्त्रालयद्वारा गठिन आर्थिक अनियमितता छानविन समितिले समेत करोडौं हिनामिना भएको भन्दै शिक्षा मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ । 

सामाजिक संस्थालाई निजीकरण गर्दै हत्याउने दाउ गरेका त्त्कालिन कलेज सञ्चालक कार्यकारी अध्यक्ष भने तीन साता अघि नै अख्तियारले बयान लिँदालिँदै फरार भएका थिए । 

२०५१ सालदेखि नै कलेज गैरनाफामुलक सामाजिक संस्था भएको घोषणा गरी २०५४ साल देखि तत्कालिन चाँगुनाराण गाविस हालको चाँगुनारायण नगरपालिकाको १७४ रोपनी सार्वजनिक जग्गा निःशुल्क उपभोग गर्दै आएको थियो । 

इन्जिनियरिङ कलेज चाँगु नारायण गाविसको समेत गौरब रहेको भन्दै तत्कालिन गाविसले कलेजलाई निःशुल्क भोग चलन गर्न दिएको थियो । 

लम्बोदर न्यौपानेले सामाजिक संस्थालाई निजीकरण गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट त्यहाँका कर्मचारीलाई प्रलोभनमा पारी संस्था दर्ताका कागजात नै गायब बनाएका थिए । 

तर, कलेजले पोखरा विश्वविद्यालय, नेपाल इन्जिनियरिङ परिषद्, शिक्षा मन्त्रालय आदीमा पेश गरेको डकुमेन्ट, माइन्युट, दर्ता प्रमाणपत्र अझैसम्म सुरक्षित रहेपछि न्यौपानेको कलेज हत्याउने योजना तुहिएको थियो । 

कलेजलाई निजीकरण गर्ने सवालमा एक भएका अन्य सञ्चालकहरुलाई नै लम्बोदर न्यौपानेले धोका दिएर २०७४ बैशाख २५ गते गोप्यरुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा नेपाल इन्जिनियरिङ कलेजको नामसँग हुवहु मिल्ने गरी नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. नामक नाफामुलक कम्पनी आफ्नो एकल नाममा दर्ता गरेका थिए । 

पछि उक्त दर्ता आफैंले खारेज समेत गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *