खोटाङमा बस दुर्घटना: एकको मृत्यु, १३ जना घाइते


काठमाडौं, ३ वैशाख । खोटाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने, १३ जना घाइते भएका छन् । काठमाडौंबाट दिक्तेलतर्फ जाँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ मा पर्ने रिट्ठाबोटेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा दिक्तेल–७ का ३३ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको छ । गम्भीर घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।दुर्घटनामा घाइते १३ मध्ये ६ जनाको अबस्था गम्भीर छ । उनीहरुलाई राती नै थप उपचारका लागि काठमाडौँको टिचिङ अस्पतालमा ल्याइएको छ ।
बस सडकबाट करिब ४० मिटर तल खसेको थियो । पल्टिएको बस रुखमा अड्किएकाले ठूलो क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ । सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनामा बसका चालक पनि घाइते भएका छन् ।
null
