‘प्रचण्ड, ओलीलाई मुद्दा नलाग्ने, थारुको बच्चालाई जेल हाल्ने ?’ राजेन्द्र महतो (भिडियाे अन्तर्वार्ता)

 

फागुन २९, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई पनि जन्म कैद हुनुपर्ने माग गरेका छन् । एक अन्तरवार्तामा महतोले चौधरीलाई जन्मकैद गरिएजस्तै प्रचण्ड ओलीलाई पनि जन्मकैद हुनुपर्ने माग गरेका हुन् । कोहीले आन्दोलन गर्दा देशको प्रधानमन्त्री हुने र कोहीले आन्दोलन गर्दा जेलमा सडिनुपरेको भन्दै असन्तुष्टि जनाए । 

‘प्रचण्डले हजारौं मान्छे मारे । ओलीले पनि थुप्रै मान्छे मार्न लगाए । कसलाई मुद्दा लाग्यो ? कोमाथि मुद्दा चलिरहेको छ, को जेलमा छ ?’ राजपा नेता महतोले भने ‘अनि रेशम चौधरी जनताबाट निर्वाचितलाई चाहिँ जन्मकैद ? के यही हो लोकतन्त्र ? यसैका लागि लडेका हौं हामी ?’ विभिन्न 

null

कालखण्डमा अधिकारका लागि आफूहरुले पनि मिलेर संघर्ष गरेको भन्दै महतोले एकै मुलुकमा दुईवटा व्यवहार भएको बताए । निर्वाचित सांसद चौधरीलाई जेलमा कोचेर सदनमा उपस्थित नगराउनु जनताको, जनादेशको अपमान भएको उनले बताए ।  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *