रोजगार संयोजकका लागि झण्डै दश हजार आवेदन

चैत्र ९, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि स्थानीय तहमा रहने गरी माग गरिएको रोजगार संयोजकमा झण्डै १० हजार आवेदन परेको छ । ७ सय ५३ वटा स्थानीय तहमा माग अनुसार उत्तिर्ण नभएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन ३० गते पुनः आवेदन माग गरेको थियो । 

निर्धारित समय शनिबारसम्ममा ९ हजार ८ सय ७४ जनाले आवेदन दिएका छन् । प्रदेश १ मा ७० जना माग भएकोमा २ हजार २ सय ५९ जनाले आवेदन दिएका छन् । 

प्रदेश २ मा ४५ जनाका लागि १ हजार ४ सय २२, प्रदेश ३ मा ३२ जनाका लागि २ हजार ११ सय २०, गण्डकी प्रदेशमा १५ जनाको कोटा रहेकोमा ६ सय ३२ जनाको आवेदन परेको छ । 

null

 

यस्तै कर्णाली प्रदेशमा ५४ जनाका लागि १ हजार ८ सय ९७ जना र सुदूरपश्चिममा ५१ जनाको कोटा रहेकोमा १ हजार ५ सय ४४ जनाले आवेदन दिएका छन् । 

यसमध्ये नासु सरह १९ र अधिकृत सरह २ सय ५९ जनाको कोटा रहेको छ । प्राप्त दरखास्तहरु मध्येबाट तोकिएको मापदण्ड पूरा गरेका आवेदक मध्येबाट मागको तीन गुणा आवेदकको योग्यताक्रमको प्रारम्भीक सूची सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ । 

यो सूची १० दिन भित्रमा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट WWW.PMEP.gov.np मा प्रकाशित हुनेछ । त्यहि समयमा कम्प्युटर सीप परीक्षाको मिति, समय र स्थान समेत जानकारी गराउनेछ । 

यस्तै सूचिमा परेका उम्मेद्वारको मोवाइलमा पनि यस्तो जानकारी पठाउने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *