नेशनल लाईफ इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभा सम्पन्न

 

चैत्र १५, काठमाडौँ । आज नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आ.व.२०७३/०७४ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउँदै सो वर्ष कूल रु. ५०६ करोड बीमा शुल्क संकलन भएको र रु. १६९ करोड कूलदावी भुक्तानी गरेको एवम् रु. ४१ करोड खुद मुनाफा आर्जन गरेको सभामा अवगत गराईन् । 

यसै गरी आ.व. २०७३/०७४ को अन्त सम्ममा कम्पनीको कुल लगानी १९.४२ प्रतिशतले बृद्धि भई रु १,६९६ करोड पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले बृद्धि भई २०७४ असार मसान्त सम्ममा रु. १७ अरब २९ करोड पुगेको जानकारी गराईन् । अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र गत साधारण सभावाट पारित निर्णय अनुसार ६० प्रतिशत हकप्रद शेयर जारी प्रक्रृया सम्पन्न भई समिक्षा वर्षको प्रस्तावित वोनस शेयर समेत गरी कूल चुक्ता पूँजी रु.३ अरब भन्दा बढी हुन जाने जानकारी गराईन् । 

null

अध्यक्षले कम्पनीले आफ्नो शाखाहरु विस्तार गरी थप सुविधायुक्त बनाउने तर्फ प्रयत्नशील रहेकाे र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पारिरहेकाे बताइन् । सभामा अध्यक्षले लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल बृद्धि गर्ने तर्फ कम्पनीको प्रयास केन्द्रित रहेको अवगत गराइनुका साथै आगामी दिनहरुमा नेपाली बीमा बजारमा थप अद्यावधिक बीमालेखहरु प्रवेश गराउन र आफ्ना ग्राहकवर्गलाई प्रदान गर्ने सेवाको गुणस्तरमा बृद्धि गर्न कम्पनी सदैव प्रयासरत रहने समेत जानकारी गराइन् । 

यस कम्पनीकाे ३० औं वार्षिक साधारण सभाले आ.ब. २०७३/०७४ को लागि चुक्ता पूंजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश रु.१,८८,२७,०१० पारित गरेको छ । 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *