बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट

 

चैत्र ४, हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । 

काठमाडौँबाट आएको पशु चिकित्सक तथा प्राविधिकको टोलीले शनिबारदेखि प्रभावित क्षेत्रका कुखुरा र अण्डा नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बताइएको छ । आज एक दिनका लागि प्राविधिकले आवश्यक पोशाक र रसायन जुटाउन कुखुरा नष्ट गर्ने अभियान स्थगन गरिएको कार्यालयले बताएको छ । 

null

बाँकी कुखुरा आगामी पाँच दिनभित्र नष्ट गरी खाल्टोमा पुर्ने र खोरको सरसफाइ गर्ने लक्ष्य रहेको कार्यालयका प्रमुख चिकित्सक डा चेतनारायण खरेलले जानकारी दिए। उनका अनुसार रोग प्रभावित कुखुरा नष्ट गर्न बर्ड फ्लू प्रभावित क्षेत्रमा कृषक समूह, प्रहरी, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि र काठमाडौँबाट आएका प्राविधिक टोली खटिएका छन् । 

प्रभावित क्षेत्रका कुखुरा र अण्डा बाहेक अन्य क्षेत्रका कुखुरा र अण्डाको स्थानीय बजारमा बिक्रीवितरण जिल्ला पशु सेवा कार्यालयको निगरानीमा खुला गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *