जिल्लाका ५२ विद्यार्थी एसइईबाट बञ्चित

 

चैत ८, चितवन ।   यस वर्ष जिल्लाबाट ५२ विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन नपाउने भएका छन् । 

शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाएका हुन । इकाई, परीक्षा शाखाका नायब सुब्बा रघुनाथ अधिकारीले पढ्दै गर्दा विवाह गरेका, आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका विद्यार्थीको हाजिर नपुगेको बताए । 

null

गत शैक्षिक सत्रमा जिल्लाका ९७ विद्यार्थीले एसइई परीक्षा दिन पाएका थिएनन् । इकाईका निमित्त प्रमुख रामकृष्ण सिङ्खडाका अनुसार यस वर्ष जिल्लामा ११ हजार २५४ विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । तीमध्ये पाँच हजार ६११ छात्र र पाँच हजार ६४३ छात्रा रहेको उनले बताए । 

जिल्लाका २२६ विद्यालयका विद्यार्थीले ५४ वटा परीक्षा केन्द्र मार्फत परीक्षा दिँदै छन् । परीक्षार्थी मध्ये एक जनाले बाल सुधार गृह सानोठिमीबाट पनि परीक्षा दिँदै छन् । यस्तै ६ जना न्यून दृष्टियुक्त व्यक्तिले पनि परीक्षा दिन लागेका छन् । यही चैत १० गते बाट एसइई परीक्षा शुरु हुँदैछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *