गण्डकी मेडिकल कलेजका पदाधिकारीसँग बयान

चैत्र १६, काठमाडौं । गण्डकी मेडिकल कलेजका पदाधिकारीसँग बलयान लिन थालिएको छ । ठगी आरोपमा मुद्दा चलाइएका गण्डकी मेडिकल कलेजका पदाधिकारीसँग शुक्रबारबाट बयान लिन थालिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासमा पहिलो दिन परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्माको बयान लिइएको छ । 

आइतबारसम्म दुवै जनाको बयान पूरा भएपछि थुनछेक बहस सुरु हुने निमित्त स्रेस्तेदार रामचन्द्र उपाध्यायले बताए । ‘पहिलो दिन एक जनाको मात्रै बयान भयो ।’ उनले भने । कलेजका सञ्चालक अध्यक्ष खुमा अर्यालसहित ११ जनाविरुद्ध प्रहरीले अदालतमा बिहीबार ठगी मुद्दा दर्ता गरेको थियो । 

 

null

सरकारले तोकेभन्दा बढी असुली गरेर ठगी गरेकाले कारबाही हुनुपर्ने भन्दै विद्यार्थीले जाहेरी दिएका थिए । जाहेरी दर्तालगत्तै प्रहरीले आरोपीमध्येका सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक शर्मालाई पक्राउ गरेको थियो । अदालतमा पेस गरिएको मुद्दाको फिरादमा ठगी गरेको १ करोड ८२ लाख बिगो असुली र पाँच वर्ष कैद बराबरको सजाय माग गरिएको छ । 

फिरादमा ५४ जनाको सातवटा छुट्टाछुट्टै जाहेरी संलग्न छन् । मुद्दामा कलेजका सञ्चालक अध्यक्ष खुमा अर्याल, सीईओ खनाल, परीक्षा नियन्त्रक शर्मा, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रवीन्द्रप्रसाद श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, कर्मचारीहरू हरिमाया पौडल, दिनेश पौडेल, तिलक पौडेल र कृष्ण पौडेल विश्वराज घिमिरेलाई विपक्षी बनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *