सवारी दुर्घटना गराई भाग्ने संघिय समाजवादीका श्री सुब्बा पक्राउ

 

फागुन १९, धरान । संघिय समाजवादी फोरमको भातृ संगठन संघिय युवा फोरम सुनसरीका अध्यक्ष श्री सुब्बा पक्राउ परेका छन् । मादकपदार्थ सेवान गरी सवारी दुर्घटना गराएका सुब्बालाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । 

सुब्बाले शनिबार राती करिब साढे ११ बजे धरान १५ बगरकोटमा चलाएको बा ७ प ७६३१ नम्बरको कारले को ९ प १०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

null

दुर्घटनामा मोटरसाइकलमा सवार धरान–५ देउरालीका गौरब राजधामीको तिघ्रा भाँचिएको छ भने धरान–१५ श्यामचोकका रोहित राईको छातिमा गम्भिर असर परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताए । उनीहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

 

श्री सुब्बालाई राती मापसे गरेर कार चलाएको र सोही कारको ठक्करबाट मोटरसाईकललाई ठक्कर दिई भागेकाले प्रक्राउ गरिएको डिएसपी तिम्सिनाले बताए । 

तिम्सिनाले दुर्घटना गराउने श्री सुब्बासँग सवारी अनुमति पत्र (लाइसेन्स) समेत नभएको बताउँदै लाइसेन्स नलिइकन मादकपदार्थ सेवन गरी सवारी चलाएको, दुर्घटना गराइ भागेको आरोपमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । 

यसका साथै सुब्बालाई सवारी अंगभंगअन्र्तगत म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइनेछ । सामान्य अवस्थाको दुर्घटना नभै अत्याधिक मदिरा सेवन गरेर सवारी चलाएको र दुर्घटना पनि गराएको कारण कारबाही प्रक्रिया चलाइने प्रहरीले जनाएको छ ।  

कार र कारका चालक सुब्बा र मोटरसाईलक प्रहरीको नियन्त्रणमा रहेका छन् । 

सुब्बा यसअघि कर्तब्य ज्यान मुद्दामा जेल बसेका ब्यक्ति हुन् । उनलाई सुनसरी, मोरङ क्षेत्रमा गुण्डागर्दी, कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले उच्च निगरानी राखिरहेको छ ।  

सुब्बालाई गत वर्षको दशैंमा धरानमा लगाइएको रमाइलो मेलामा समेत गुण्डागर्दी गरेको आरोपमा प्रहरीले यस अघि पक्राउ गरिसकेको थियो । ‘हाम्रो निगरानीमा भएको व्यक्ति हो । घटनालगत्तै पक्राउ परिसकेका छन,’डिएसपी तिम्सिनाले बताए । उनी राजनीतिक आवरणमा आपराधिक कृयाकलापमा संलग्न ब्यक्ति भएको प्रहरीको बुझाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *