झापा पुगे प्रधानमन्त्री ओली, मुख्यमन्त्री राईले गरे स्वागत

२०७५ फागुन २२ गते

फागुन २१, भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार झापा पुगेका छन् ।
सुखानी शहीद दिवसमा सहभागी हुनका लागि काठमाडौँबाट यती एयरलायन्सबाट प्रम ओली झापा पुगेका हुन् । उनलाई चन्द्रगढी विमानस्थलमा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले स्वागत गरेका थिए ।
null
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले इलाम, माई नगरपालिकास्थित सुखानी शहीद उद्यानमा आयोजना हुने ४६औँ सुखानी स्मृति दिवसलाई सम्बोधन गर्दैछन् । सो कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नै विराटनगर आएका थिए ।
सुखानी घटनामा कम्युनिष्ट आन्दोलनकारी रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको पञ्चायती सरकारले विसं २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो ।

२०७५ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित