गणतन्त्र र संघियता समाप्त पार्ने खेल भइरहेको छः डा कोइराला

 

चैत्र ८, काठमाडौं । गणतन्त्र र संघियताबाट मूलूक अब कूनैपनी हालतमा पछाडी फर्कन नसक्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । जिपी फाउण्डेशन काठमाडौले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा. कोइरालाले उक्त दावि गरेका हुन् । 

डा. कोइरालाले शहिदहरूको रगतसँग साटिएको गणतन्त्र र संघियतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको समेत दावि गरेका छन् । ‘यतिबेला गणतन्त्र र संघियता समाप्त पार्ने खेल भइरहेको छ, त्यसलाई रोक्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको छ ।’ उनले भने । 

null

डा. कोइरालाले राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताउँदै छिटो भन्दा छिटो ऐन बनाएर धर्मको मूद्दा टुंग्याउनु पर्ने जिकिर गरे । ‘धर्म र राजनीति एउटै कित्तामा राख्न मिल्दैन, यसले मुलुकमा ठूलो समस्या पैदा गर्न सक्छ । छिट्टै ऐन बनाएर धर्मको मुद्दा मिलाउनु पर्छ ।’ उनले भने । 

कार्यक्रममा बोल्दै डा. कोइरालाले संबैधानिक राष्ट्रपतीको अहिलेको क्रियाशिलता र सक्रिय भूमिकाले आफुलाई झस्काएको जिकिर गर्दै भने–‘हाम्रो संबिधानले राष्ट्रपतीलाई सेरेमोनियल भनेको छ । तर, अहिले राष्ट्रपतीलाई जसरी सक्रिय बनाउन खोजिएको छ यसले मुलुकलाई हित गर्दैन ।’ 

कार्यक्रममा कांग्रेस केन्द्रिय सुजाता कोइरालाले मूलूक र प्रजातन्त्रका निम्ति कांग्रेस एक ढिक्का हूनूपर्ने जिकिर गरिन् । केन्द्रिय सदस्य गगन थापाले पार्टीका जिम्मेवार नेताहरूले संविधान नै बाझिने अभिब्यक्ति दिँदै हिडेको प्रति आपत्ति प्रकट गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *