ब्रिटिश प्रधानमन्त्रीको प्रस्ताव संसद्‍द्वारा तेस्रो पल्ट अस्वीकृत

ब्रिटेनले युरोपेली संघ छाड्ने ब्रेक्जिट प्रक्रियालाई व्यवस्थित पार्ने प्रधानमन्त्री टरिजा मेको अन्तिम भनिएको मौका पनि विफलतामा टुङ्गिएको छ।सरकारले संसद्‍मा प्रस्तुत गरेको त्यसबारेको प्रस्ताव तीन सय ४४ जना सांसदले अस्वीकृत गरिदिएका हुन्। 

प्रधानमन्त्रीको प्रस्तावको पक्षमा २८६ मत मात्र परेको थियो। यससँगै ब्रेक्जिट प्रक्रियालाई २२ मेसम्म लम्ब्याउने प्रधानमन्त्रीको प्रयासमा धक्का पुगेको छ। ब्रेक्जिटबारे आफ्नो पुरानो सम्झौता संसद्‍बाट पारित गराउने सरकारको प्रयासका क्रमममा ब्रिटिश समय अनुसार शुक्रवार दिउँसो मतदात भएको थियो। 

उक्त नतिजा पश्चात् ब्रिटिश प्रधानमन्त्री टेरिजा मेले यो मतदानको धेरै नै ‘खतरनाक’ नतिजा हुनसक्ने र अब ब्रिटेन १२ अप्रिलमा युरोपेली संघबाट बाहिरिनै पर्ने कानुनी बाध्यता हुने बताएकी छिन्। 

null

यसले गर्दा कुनै पनि सम्झौता विना यूरोपेली संघबाट बाहिरिनबाट बच्न ब्रिटेनले कानुन बनाउन अब उसँग खासै समय नरहने बताइएको छ। विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री मेले राजीनामा दिनुपर्ने बताउँदै तत्काल चुनाव गराउन पनि माग गरेका छन्। 

ब्रिटिश संसदमा तेस्रो पटक ब्रेक्जिट प्रस्ताव अस्वीकृत भएपछि यूरोपेली परिषद्‍का अध्यक्ष डोनल्ड टुस्कले ट्विट गर्दै भनेका छन्, “ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्समा कुनै पनि सम्झौता विना बाहिरिने प्रस्ताव खारिज भएको कुरालाई ध्यानमा राख्दै मैले १० अप्रिलमा युरोपेली परिषद्को बैठक बोलाउने फैसला गरेको छु।” 

मतदानअघि ब्रिटिश सांसदहरूबीच तिक्ततापूर्ण वादविवाद भएका थिए। ब्रेक्जिटका कट्टर समर्थक कन्जरभेटिभ दलका नेत इयान डनकन स्मिथले यसपटक मन नलागि-नलागि सरकारको प्रस्तावको समर्थन गर्न लागेको बताएका थिए। 

तर विपक्षी लेबर दलका सांसद मेग हिलियरले सम्पूर्ण ब्रेक्जिट प्रक्रिया नै अन्योलपूर्ण भएको टिप्पणी गरेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *