न्याम्सको उपकुलपतिमा डा. डीएन शाह, अन्य पदाधिकारी पनि नियुक्त

 

काठमाडौं, १ चैत । लामो रस्साकस्सी पछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा प्रा.डा. डीएन साह नियुक्त भएका छन् । भर्खरै बालुवाटारमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साहलाई उपकुलपतिमा नियुक्त गरेका छन् । 

त्यस लगत्तै प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रा.डा. साहलाई उपकुलपतिको सपथग्रहण गराएका थिए । प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. सुवोध अधिकारी, रजिष्टारमा प्रा. प्रमिला देवान र डीनमा प्रा.डा. पिउस दाहाल नियुक्त भएका छन् । यता बीर अस्पतालको निर्देशकमा डा. केदार सेन्चुरी नियुक्ति भएका छन् । उनीहरु सबैले सपथ लिएका छन् । उनीहरुलाई सहकुलपति स्वास्थ्य मन्त्री यादवले सपथ ग्रहण गराएका छन् । 

null

यसैगरी राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. प्रमोद यादवको नियुक्ति हुने पक्का भएको बताइएको छ ।  

लामो समय देखि अडकिएको न्याम्सको पदाधिकारी नियुक्तिमा हिजो मात्रै कुलपति र सहकुलपतिबीच सहमति भएको थियो । आजबाट न्याम्सको पदाधिकारीले पूर्णता पाएको छ ।  

यसअघि न्याम्स भित्रबाटै उपकुलपति नियुक्त गर्ने प्रचलन रहेको थियो । यसपटक भने न्याम्स बाहिरबाटै उपकुलपति छनोट गरिएको हो । यसअघि स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित समितिले असोजमा न्याम्सको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । 

जसमध्ये प्रा. डा. डीएन शाह पहिलो नम्बरमा रहेका थिए । दोस्रो नम्बरमा डा. ढुण्डीराज पौडेल तथा तेस्रो नम्बरमा डा. अजित रायमाझी रहेका थिए । गत असोजमा न्याम्सका उपकुलपति प्रा. डा गणेश गुरुङको समयावधी सकिएपछि न्याम्स उपकुलपति विहीन रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *