बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु

फागुन २९,  लहान ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित सुरुङ्गा खोलाको पुलमा आज बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने छ यात्रु घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको का १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका–५ निवासी ६५ वर्षीय मो. मजलुम मियाँ र ४५ वर्षीय रामे पासवानको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाबका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

मोटरसाइकलाई ठक्कर दिए लगत्तै पुलमै बस पल्टिँदा बसमा सवार सात यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि लहानस्थित अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *