एनआई सी बैंकद्वारा वातावरण मैत्री घुम्ती शौच हस्तान्तरण

चैत्र १५, काठमाडौँ । एनआई सी एशिया बैंकले वातावरण मैत्री घुम्ती शौचालय पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा उक्त कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालको प्रमुख आतिथ्यतामा उक्त ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरिएको हो ।  

वातावरण मैत्री घुम्ती शौचालयको सहि प्रयोजन तथा सर्म्वधन बाट भविष्यमा बढी भन्दा बढी दर्शनार्थीहरुले हिन्दुहरुको आराध्य देवको बास भएको पशुपती क्षेत्रमा दर्शन भ्रमणमा आउँनेको लागि सहज होस भनी सहयोग गरिएको बैंक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी गराए । साथै, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले यस शौचालय वातावरण मैत्री भएको कारणले गर्दा वातावरण थप अनुकुल हुने जनाउदै बैंकले गरेको यस्तो सामाजिक कार्यको उच्च प्रशंसा गरे । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *