गभर्वती अवस्थामा ज्वरोको औषधी सेवन गर्दा जमिन्याे यस्ताे बच्चा

 

फागुन २७ ।  कुनै पनि महिलाको पेटमा बच्चा बसेपछि के गर्न हुन्छ के गर्न हुदैन भन्ने जान्नु धेरै जरुरी हुन्छ । तर धेरै महिलाले यी बिषयमा त्यति ख्याल गर्दैनन् । यस्तै ख्याल नगर्दा एक डरलाग्दो घटना घटेको छ । बच्चा बसेपछि ज्वरोको औषधी खाएकी एक महिलाका सन्तानको जन्मिएपछिको रुप देखेर उनका बाबु आमा नै बेहोस् बनेका छन् । 

घटना हो फिलिपिन्सको । अन्तराष्ट्रिय मिडियाका अनुसार फिलिपिन्सका रावेन र उनकी पत्नी इसाबेलका यी विचित्र छोराको नाम म्याथ्युको अवस्था आमाले गर्भवती भएको समयमा ज्वरो आएपछि सेवन गरेको औषधीले यतिसम्म बिग्रिएकी उनको अनुहार समेत राम्रोसँग बनेको छैन । अन्तराष्ट्रिय समाचार सुत्रहरका अनुसार गर्भमै रहँदा एक विकृतिका कारण म्याथ्युको टाउकोका हड्डीको विकास हुन सकेन र उसको अनुहारले कुनै आकार लिन नसकेको बताइन्छ । 

null

अहिले उनको अनुहार यस्तो देखिन्छ मानौं उसको टाउकोमा बम पड्किएको थियो र त्यो बमको छर्राले उनको अनुहार कुरुप बनेको हो । गर्भवती हुँदा ति आमाले एक हप्तासम्म बायोफ्लु नामको औषधी खाएकी थिइन् । यही औषधीका कारण बच्चाको अनुहार बिग्रिएको चिकित्सकको भनाई छ । चिकित्सकले उक्त बच्चा बाँच्न नसक्ने बताएपनि उनी अहिले एक वर्ष भन्दा बढी समयका भइसकेका छन् । बच्चा जन्मिएपछि बिग्रिएको आमाको मानसिक सन्तुलिन बिस्तारै ठिक हुँदै गएको बताइन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *