नारायणी नदीमा बेलायतको लन्डन ब्रिजको मोडलबाट सिग्नेचर पुल बन्ने

 

फागुन २६, चितवन । चितवनको नारायणगढ र गैँडाकोटलाई जोड्ने नारायणी नदीमा बेलायतको लन्डन ब्रिजको मोडलबाट सिग्नेचर पुल बन्ने भएको छ । नारायणी पुल पुरानो र जीर्ण बन्न थालेपछि सरकारले बेलायतको लन्डन ब्रिजकै ढाँचामा नयाँ पुल बनाउने प्रक्रिया अगाडि बढेको हो । 

सडक विभाग अन्तर्गत पुल महाशाखाका उपमहानिर्देशक दिपक भट्टराईले प्रशिद्ध चीनियाँ इञ्जिनियर डा. चेनको कार्य व्यस्तताले पुल निर्माणको काम अगाडि बढेको बताए । विश्वबैँकको अनुदानमा बनाइने पुल निर्माणको लागि नेपाली इञ्जिनियरहरुलाई प्रशिक्षण दिन विश्वप्रसिद्ध चीनियाँ इञ्जिनियर चेन एक महिनामा नेपाल आउने उनलेे बताए । 

null

कस्तो बन्दै छ पुल ?लन्डन ब्रिजबाट लन्डन शहर चिनिए जस्तै भरतपुर बजार र गैँडाकोटलाई यसै पुलले शहरी सौन्दर्य मार्फत् चिनाउने छ । सरकारले नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने गरी पुल बनाउन चिनिया इञ्जिनियर र नेपाली वरिष्ठ इञ्जिनियरहरुले निकै मेहनत गर्नेछन् । यसरी बन्ने पुल चार लेनको मोटरेबल नै हुनेछ । यस्ता पुलहरु लाई सुन्दर बनाउन रातको समयमा लाइटहरु जोडिनेछ । पुल बनेपछि शहर र राजमार्ग छेउको मुहार नै बदलिने सडक विभाग अन्तर्गतको पुल महाशाखाको आशा छ । विभागले सडक संरचनाको आधारमा पुललाई पनि व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने रणनीति अख्तियार गरेको छ । 

नारायणगढ–बुटवल सडक विस्तार हुने पनि तयारी भएकोले यो पुल बने सँगै महेन्द्र राजमार्गको मध्यभागमा पर्ने चितवन विश्वकै आकर्षक शहरको रुपमा चिनिने इञ्जिनियरहरुको अपेक्षा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *