सरकारले चिनीयाँ गाई भित्र्याउने सम्झौतामा हस्ताक्षर गरेसँगै किसानहरु आक्रोशित 

 

फागुन २०, चितवन । सरकारले प्रदेश नम्बर २, ३ र गण्डकी सरकारसँगै चिनीयाँ गाई भित्र्याउने सम्झौता पत्रमा हस्ताक्षर गरे सँगै यहाँका किसानहरु आक्रोशित बनेका छन् । गत , शुक्रबार मात्रै सम्झौता पत्रमा हस्ताक्षर भएसँगै उनीहरुले आज आईतबार चितवनमा पत्रकार सम्मेलन गरेर बिरोध जनाएका हुन् । 

सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार सञ्चालन हुने फार्मबाट दूध तथा दूग्धजन्य पदार्थ, दाना र मल उद्योग समेत स्थापना गर्ने सरकारको तयारी प्रति आफुहरु सकारात्मक नरहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संँघका सचिव किशोर बगालेले बताए । बगालेले नेपालमा दैनिक २२ लाख लिटर दुध उत्पादन हुने गरेको बताउँदै नेपालमा उत्पादन भएको दुध नउठेको अवस्थामा चाईनाबाट गाई ल्याउनु गलत भएको बताए । 

null

नेपालमा प्रयाप्त मात्रामा दुधालु गाई रहेको अबस्थामा किसानहरुको मनोभावना खेलबाड गर्दै चीनको चाइना एकेडमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स (सीएएएमएस) र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले डेरी विकासबाट ग्रामीण गरिबी निवारण गर्ने भन्दै निर्णय गरे लगतै सरकारले चिनबाट गाई नभई प्रविधी भित्र्याउनु तर्फ लाग्नुपर्ने सचिव बगालेको भनाई रहेको छ । 

सरकारले सम्झौता पत्रमा हस्ताक्षर गरे पनि चाईनाबाट ल्याउने गाईको लागि यहाँको बातावरण उचित छ या छैन भन्ने बिषयमा अध्याननै नगरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संँघका अध्यक्ष रत्नमणि न्यौपानेले बताए । न्यौपानेको अनुसार ०४४–४५ लाई हेर्दा छिमेकी मुलुकी भारतबाट ल्याईएको बाच्छीहरु बचाउँन नसकेको भन्दै चाईनाबाट ल्याएका गाईलाई कसरी बचाउँन सकिन्छ ? भन्ने तर्फ सरकारले नसोचेकोे आरोप उनीहरुको छ । सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार सञ्चालन हुने फार्मबाट दूध तथा दूग्धजन्य पदार्थ, दाना र मल उद्योगसमेत स्थापना गर्ने सरकारको तयारी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *