पार्किङ विवादमा तरुण दल कार्यकर्ताको हत्या, ५ जना पक्राउ

 

फागुन २७, काठमाडौँ । नेपाल तरुण दलका कार्यकर्ता अनिश पुरीको हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । 

हत्याको आरोपमा देवदह नगरपालिका–९ का २१ वर्षीय अर्जुन मगर, २० वर्षीय सुवास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा र अर्का २१ वर्षीय शिशिर राना पक्राउ परेका हुन् । 

null

आइतबार राति मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई ढुंगा र रड प्रहार गरी हत्या गरिएको थियो । देवदहमा लाग्ने मेलाको पार्किङको विषयमा पुरानो दुस्मनी साध्दा पुरीको हत्या भएको बताइएको छ। 

स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा प्रहार भएको तथा उपचारका लागि देवदह मेडिकल कलेज लगेपछि मृत घोषणा गरिएको थियो । 

उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । उनी परिवारका एकमात्रै छोरा थिए । उनको हत्यापछि उनका बुबा र आमा बेहोस अचेत अवस्थामा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *