आयोडिनको कमीबाट हुने समस्याकाे बारेमा मुसहरलाई चेतनामुलक कार्यक्रम 

फागुन १६, चितवन । आयोडिनको कमीबाट हुने समस्याका कारण अझैँ पनि नेपालमा मानिसहरुको मृत्यु हुने गरेको छ । 

खैरहनी नगरपालिकाले कठारस्थित मुसहर समुदायलाई लक्षित गरी आयोजना गरेको सचेतनामुलक कार्यक्रममा आयोडिनको कमीले परोक्ष रुपमा असर गर्दा मानिसहरुको शारीरिक र मानसिक समस्यादेखी मृत्युसम्म हुने गरेको तथ्यांक प्रस्तुत गरिएको थियो । 

आयोडिनले शारिरीक र मानसिक वृद्धी र पाचन प्रणालीमा सहयोग गर्छ । तथ्यांक प्रस्तुत गर्दै कठार स्वास्थ्य चौकीका प्रमुख रामचन्द्र श्रेष्ठले नेपालको मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा १ सय ७० जना रहेको बताए ।6 एक वर्षमुनीका शिशुमध्ये ४६ जनाको मृत्यु हुने, ११.३ प्रतिशत कम तौल भएका जन्मने र पाँच वर्ष मुनीका बालबालिकामध्ये ५४ जनाको मृत्यु हुने, उमेर अनुसार तौल नपुगेका २७ प्रतिशत , बामपुड्केको संख्या ३६ प्रतिशतभन्दा बढी देखिएको श्रेष्ठले बताए । 

null

नेपालमा वर्षेनी ५० हजार भन्दा बढी बालबालिका मर्ने गर्छन् । जसमध्ये ६० प्रतिशतभन्दा बढीको आयोडिनको कमीबाट उत्पन्न कुपोषणका कारणले समेत मृत्यु हुने गरेको स्वास्थ्य चौकी प्रमुख श्रेष्ठको भनाइ थियो । 

यस्तै, साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले आयोडिनको सही प्रयोग गर्न नजान्दा समस्या आउने गरेको बताएका छन् । नेपालमा ९४ प्रतिशतले मात्र आायेडिनको प्रयोग गर्ने गरेको लिमिटेडका प्रमुख दाहालले बताए । यसको प्रयोग नजान्दा शारीरिक र मानसिक समस्या आउँने लुलो, लठ्याब्रो हुने, गलगाड आउने कुपोषण हुने, मानसिक समस्या हुने लगाएतका धेरै समस्या हुने बताउदै गर्भबती महिलाले त झन आयो नुनको प्रयोग बढि गर्नुपर्ने बताए । 

उनले दुई बालबालिकाको चिन्ह भएको आयो नुनको सहि र नियमित प्रयोग गर्न आग्रह समेत गरेका थिए । यता, खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियाले आयोडिन बारे विपन्न, सिमान्तकृत समुदायमा जनचेतना फैलाउनु पर्ने बताएकी छिन् । उपमेयर थपलियाले आयोडिन खरिद गर्दा देखी प्रयोग गर्ने तरिकामा ध्यान दिनुपर्ने समेत बताइन् । 

खैरहनी नगरपालिका १० का वडाध्यक्ष कारीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी नगरपालिका स्वास्थ्य शाखा संयोजक माया पाण्डे,उपसंयोजक रुद्र शर्मा लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनले माझी मुसहर समुदायलाई आयोडिन नुन , स्कुल झोला र टिसर्ट वितरण गरेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *