संबैधानिक परिषद्को बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्त सिफारिस गरिँदै

चैत्र ११, काठमाडौं । आज संवैधानिक परिषद्को बैठक सोमबार दिउँसो बस्दैछ । अयोधीप्रसाद यादवले अवकाश पाएपछि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न दिउँसो ३ बजे परिषद बैठक बस्न लागेको हो । 

यादव ६ वर्षे कार्यकाल सकेर आइतबार सेवानिवृत्त भएका छन् । आयोगकी आयुक्त इला शर्माले पनि आइतबारदेखि नै अवकाश पाएकी छन् । 

आजको परिषद् बैठकमा संविधान अनुसार गठन हुनु पर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाती आयोगको अध्यक्ष तथा सदस्य नियुक्तीका विषयमा समेत छलफल हुने जनाइएको छ । 

null

परिषद्को सिफारिसमा यसअघि नै प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, थारु, मुस्लिम र मधेशी आयोगमा अध्यक्ष नियुक्त भैसकेका छन् । तर ती सदस्यहरूको नियुक्ती सिफारिस हुन बाँकी छन् । रिक्त सदस्य पदहरूमा नियुक्तीका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *